धान रोप्ने समयमा अभावले किसान समस्यामा

सुनिल ठाकुर
मलंगवा : धान रोप्ने समयमा जिल्लामा मल अभाव भएपछि सर्लाही सदरमुकाम मलंगवा लगायत आसपासका गाउँका किसानहरु चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार भएको छ । एक हप्तापछि पानी पर्यो भने रोपाइँ सुरु हुन्छ । तर, सहज रुपमा मल उपलब्ध नहुँदा किसान चिन्तित बनेका छन् ।

केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका किसानले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषी सामाग्री संस्थान लिमिटेडले जनाएका छन् । जिल्लामा अहिले मलको अभाव भएकाले किसान मारमा परेको संस्थानले जनाएको छ ।

मलको अभावमा बीउ पनि त्यतिकै छरेको मलंगवा ७ गणेशियाका किसान जोगेन्द्र रायले बताएका छन् । ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्दा राम्रो हुन्छ । ब्याड चाडै बढ्ने र सप्रिने हुन्छ । तर, मल नपाउँदा त्यत्तिकै बीउ छर्नु परेको गुनासो रायको रहेको छ । ‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन सकेन’, रायले भने, ‘ब्याड राम्रो भएन भने धान पनि त्यति राम्रो फल्दैन । एक महिना अगाडि छरेको ब्याड राम्रो भएन । मल नहुँदा फेरि ब्याडका लागि बीउ छर्नु परेको छ । बजारमा मल छैन् । भारतबाट ल्याउन जाउ भने लकडाउनका कारण प्रहरीले जान दिँदैन् । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्थ्यौं । यसवर्ष कुनै उपाय छैन।’

जिल्लामा अहिले मलको अभाव रहेको कृषी सामग्री संस्थान लिमिटेडका प्रमुख बज्रमणि लामाले जानकारी दिएका छन् । ‘धान खेतीका लागि मात्रै जिल्लामा १५ सय मेट्रिक टन डिएपी र २ हजार मेट्रिक टन युरिया मलको आवश्यक्ता पर्छ । अहिले संस्थानमा करिब १ सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया छ । पोटास अलिकति पनि छैन’, उनले भने, ‘गोदाममा भएको मलले त एक दुई गाउँलाई पनि पुग्दैन। अहिलेलाई डिएपीको माग बढ्दो छ । श्रावण तिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौं । आयो भने सहज हुन्छ ।

केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानहरुले लिएर गएका र अहिले धान खेतीको समय छ गोदाममा मल नभएको उनले बताए । किसान मलका लागि फोन गरेर हैरान बनाएको छ । अषाढ १ गतेदेखि मल सहकारीमार्फत बिक्री वितरण गर्ने तयारी गरेको उनले बताए ।अन्नपुर्णपोस्टमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments