नुवाकोटमा ५० लाखको लागतमा चिया खेती पुन शुरु

नुवाकोटको मेघाङ गाउँपालिका–३ को देउरालीमा ५० लाखको लागतमा चियागान खेती पुन शुरु गरिएको छ ।चिया बगान पुन संचालन भएसँगै स्थानीयबासीमा पनि पुन खुसि छाएको छ । अब रोजगारीको लागी कतै भौतारिनु पर्दैन भन्ने आशा पलाएको स्थानीयबासी बताउछन ।

विं सं २०५७ सालमा स्थापना भएको चिया बगान खेती शशस्त्र द्धन्द्ध र विविध कारणले बन्द भएपछि गतवर्षबाट पुन संचालनमा आएको खेतीले वार्षिक २० लाख रुपैयाँ लिने लक्ष्य लिएको चिया कृषि फर्मका संचालक सेल्कर तामाङले बताए । ५० लाखको लागतका निर्माण शूरु गरिएको चिया बगाने ४६ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमा १ सय ७५ विरुवा रहेको चिया बगानका संचालक तामाङ जानकारी दिए ।

चिया बगानमा मासिक रुपमा एक क्विन्टल चिया उत्पादन हुने बताइएको छ । बगानबाट उत्पादन भएको चिया अहिले काठमाण्डौ उपत्यका, पोखरा र तराईका विभिन्न जिल्लामा खपत हुने चिया बगानका संचालक तामाङले बताए । बगानबाट उत्पादन हुने चिया बजारमा ब्लाक टि प्रतिकेजी एकहजार रुपैयाँ र ग्रीन टि १५ सय रुपैयामा बिक्रि भइरहेको कृषि फर्मले जनाएको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments