भक्तपुरका विभिन्न क्षेत्र डुबानमा, एकै परिवारका तीनको मृत्यु

भक्तपुर
लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा भक्तपुरमा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । चाँगुनारायण नगरपालिका ७ वागेश्वरीस्थित मझुवा गाउँमा गएको पहिरोले घरसमेत बगाएको वृद्धवृद्धा र एक बालिकाको ज्यान गएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जस्ताले छाएको एक तले घर पहिरोले बगाउँदा घरभित्र सुतिरहेका ७० वर्षीय बुद्ध लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र अढाई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments