केरामा थोपा सिँचाई प्रणाली जडान

कञ्चनपुर
भीमदत्त नगरपालिका वडा नं. ३ नौलाखेतमा केरामा थोपा सिँचाई प्रणाली जडान गरिएको छ । केराको उत्पादन बढाउन नौलाखेतमा चार विगाहा आधुनिक प्रविधिबाट थोपा सिँचाई प्रणाली जडान गरिएको हो ।

भीनपाको कृषि विकास शाखाले नमूनाका रुपमा अघि बढाउन चालु आर्थिक वर्षमा नौलाखेबाट थोपा सिँचाई जडान गरेको छ । आगामी वर्ष यसलाई बढाउने लक्ष्य राखेर जडान गरिएको हो ।केरा उत्पादन तथा प्रवद्र्धन सहकारी संस्था लिमिटेडले भीनपाको साझेदारीमा थोपा सिँचाई जडान गरी आधुनिक तरीकाले केरा खेती गरेको हो ।

भीनपा कृषि विकास शाखाका बाली विकास अधिकृत नवराज जोशी थोपा सिँचाईबाट उत्पादन वृद्धि र गुणस्तरीय हुने जानकारी दिएका छन् । ‘यसबाट पानीको बढी भन्दा बढी सदुपयोग हुन्छ, उत्पादन बढाउँछ, लागत खर्च घटाउँछ, प्रयोग गरिएको मलखादको सही सदुपयोग हुन्छ ।’ बाली विकास अधिकृत जोशीले भने, ‘यसबाट उत्पादन वृद्धि र गुणस्तयरी हुन्छ ।’

सिँचाई जडानका लागि सहकारीलाई रु सात लाख अनुदान दिइएको छ । सहकारीसित सम्झौता गरी कार्यक्रम सञ्चालन गरिएको छ । थोपा सिँचाई जडानमा एक बिगाहामा तीन लाखसम्म खर्च हुने गरेको प्राविधिकहरु बताउँछन् । कञ्चनपुर जिल्लामै पहिलो पटक केरामा सबैभन्दा बढी क्षेत्रफलमा थोपा सिँचाई जडान गरिएको हो ।
स्रोत : सुदूरखबर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments