लकडाउनले युवालाई कृषि र पशुुपालनमा आकर्षित गरायो

लम्की : कैलालीका स्थानीय युवा लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि ब्यवसाय तर्फ आर्कषित बनेका छन् । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले लामो लकडाउन गरेसंगै क्याम्पस अनिश्चितकालिन बन्द भएपछि उच्च शिक्षा अध्ययन गरिरहेका यहाँका केहि युवाहरु कृषि ब्यवसायमा आकर्षित भएर ब्यवसाय सुरु गरेकाहुन् ।

घोडाघोडी नगरपालिका ५ का बिनोद चौधरी स्नातक तह तेस्रो बर्षका विद्यार्थी हुनुहुन्छ । कोरोनाको संक्रमणले लकडाउन शुरु भएसंग उहाँ अध्ययनरत् क्याम्पस पनि बन्द भयो । दैनिक क्याम्पस अध्ययनका लागि जाने विनोदलाई क्याम्पस बन्द भएसंगै लकडाउनको अवधि बढ्दै गएपछि अब केहि गर्नुपर्छ भन्ने लाग्यो । उसो त उहाँलाई उच्च शिक्षा अध्ययन पश्चात नेपालमै कृषि क्षेत्रमा केहि गर्नुपर्छ भन्ने मनमा थियो तर लकडाउनले उहाँलाई त्यो अवसर प्रदान ग¥र्याे ।

लकडाउनले सबैतिर प्रभाव पारिरहेको अवस्थामा कृषि नै उत्तम विकल्प रहेको विनोदले लोकल कुखुरा पालन शुरु गर्नु भएको छ भने बायोफलक्स प्रविधिबाट माछापालन गर्ने तयारीमा जुट्नु भएकोछ ।

कुखुरालाई दाना दिदै गर्नुभएका बिनोदले भन्नुभयो ‘ युवाहरु सबै विदेश पलायन हुने विदेशमा पनि यही कृषी कार्य गरेर आफ्नो पसिना विदेशमा बगाउनु परेको छ तर मेरो सोच नेपालमै कृषी ब्यवसाय गरेर यतै केहि गर्नुपर्छ भन्ने लागेको छ । ’

बैशाख महिनाबाट कुखुरा पालन शुरु गरेका बिनोदको खोरमा अहिले दुईसय लोकल कुखुरा विक्रि हुने अवस्थामा पुग्न थालेका छन् । थोरै लगानीबाट ब्यवसाय शुरु गरेका उहाँँले शुरुमै मुनाफा नभएपनि त्यसलाई बढाउदै पछि सम्म ठुलो रुपमा ब्यवसाय बढाउने बताउनुभयो । बायो फलक्सकालागि सबै पूर्वाधार बनिसकेको बताउँदै विनोदले अनुभवीबाट सुझाव लिदै यो ब्यवसाय तर्फ लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘करिब पाँचलाख लगानीमा ब्यवसाय शुरुगरेको छु शुरुमा मुनाफाको आशा गरेको छैन तर पछि मुनाफा दिनेगरि बढाउदै लैजान्छु ।’

बिनोद जस्तै अर्का युवा शंकर डगौंरा समेत अहिले कृषि ब्यवसाय संचालनको तयारीमा जुट्नु भएकोछ । घोडाघोडी बहुमुखी क्याम्पस स्नातक तह प्रथम बर्षमा अध्ययनरत् डगौंराले लकडाउनसंगै क्याम्पस विदा भएपछि खाली बस्नुभन्दा केहि गर्नुपर्छ भन्ने सोचका साथ टेर्रा मल्टी एग्रो फर्म दर्ता गरी दश कट्ठा जमिनमा कुखुरा पालनकालागि संरचना तयार गर्दै हुनुहुन्छ । लकडाउनले सबै क्षेत्र प्रभावित भएको अवस्थामा कृषि नै विकासको आधार हुन सक्छ भन्नकुरा बुझेका डगौंराले भन्नुभयो ‘कलेज पनि बन्द छ खाली बसेर के गर्न अब कृषी पेशामै ब्यवसायी बन्ने सोच बनाएको छु । ’

कुखुरा पालनकालागि खोर बनाउने लगायत पूर्वाधार विकासको काम भै रहेको डगौंराले बताउनुभयो । त्यसैगरी गौरीगंगा नगरपालिका ३ का नेत्र दियाकोटीले समेत कलेज बन्द भएसंगै बाख्रापालन ब्यवसाय शुरु गर्नुभएकोछ । बाख्रा पालन ब्यवसायमा लागेपछि लकडाउनको समय सदुपयोग भएको उहाँले बताउनुभयो । खाली बसेर कसरी समय विताउने भन्ने तनाब बाख्रापालन ब्यवसायले हटाएको छ ।

उच्चशिक्षा अध्ययन गरिरहेका लकडाउनको समय कलेज बन्द भै घरमै बसेका यी तीन जना युवाहरुको कार्यले अन्य युवाहरुलाई समेत प्रेरेणा दिएको छ । उनीहरुले गरेको कृषी ब्यवसाय लाई अन्य युवाहरुले पनि सिको गर्दै युवाहरु स्वरोजगार,आत्मनिर्भर र स्वालम्बी बन्नुपर्ने आजको आवश्यकता रहेको छ ।गोरखापत्र अनलाइनमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments