स्मार्ट कृषि गाउँ कार्यक्रमले सुध्रिएको जिन्दगी:

युबराज भण्डारी गुल्मी, धुर्कोट गाउँपालिका –६, कमेरपानीका ५७ बर्षिय बोम बहादुर घर्ती क्षेत्रीको तरकारी खेती लोभलाग्दो छ । १८ वर्षदेखि उनी यही तरकारी खेतीमै मग्न छन् । हिउँदे/बर्खे तरकारी बिक्री गरेर उनको परिवार चलेको छ तर अहिले ऊनी स्मार्ट तरिका( बैज्ञानिक तरीका) बाट खेती गर्दै अाएका छन्।

प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत उनि व्यावसायिक कृषिमा आवद्ध भए । पहिले घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्दै आएका क्षेत्री अहिले व्यावसायिकरुपमा कृषिमा संलग्न भएका छन् ।

सुरुमा मकै/गहुँ लगाउने बारीका पाटाभरि तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे । तर, उनले तरकारी खेतीबाट गरेको आम्दानी देखेर अचेल छिमेकीले पनि तरकारी लगाउन थालेका छन् ।अहिले उनको बारीमा टमाटर र बन्दागोभीका बोटहरू हुर्किरहेका छन् । ‘टमाटार भर्खर फल्न थालेको छ,’ उनले भने, ‘बन्दा भर्खर लगाएको छु ।’ रोगकीरा नलागे ३-४ लाख रुपैयाँभन्दा बढी बचत गर्ने योजनासहित मिहिनेत गरेको उनले सुनाए । ‘बजारमा भाउ भएकै समयमा टमाटर निस्कन थालेको छ,’ उनले भने, ‘बन्दाको पनि भाउ पाए राम्रो कमाइ हुन्थ्यो ।’

एउटा टमाटरको बोटमा ४ देखि ६ किलोसम्म फल्ने गरेको उनले सुनाए । गतबर्ष ५ कुइन्टल टमाटर, २ कुइन्टल सेमि, ७ कुइन्टल बन्दा बेचेको सुनाए। उपभोक्ता र किसान दुवै बिचौलियाका कारण समस्यामा पर्ने गरेको उनले सुनाए । ‘बिचौलियाले २५/३० रुपैयाँ फाइदा राखेर तरकारी खरिद गरी बिक्री गर्छन्,’ उनले भने, ‘आखिर मर्ने त उपभोक्ता र हामीजस्ता किसान नै हो ।’

‘०६५ सालदेखि तरकारी खेती गर्न थालेको हुँ, व्यावसायिकरूपले ३-४ बर्ष भयो ’ उनले भने, ‘अन्यत्र जागिर गरेको भए पेन्सन निस्कने बेला भो । अझै माटोमै दुई नंग्रा खियाइरहेको छु । तर, पछुतो छैन ।’ दुई छोराहरूलाई पठनपाठनलगायत अन्य सबै खर्च तरकारीको आम्दानीले धानेको उनले सुनाए । ‘युवा अवस्थादेखि नै यसैमा लागियो,’ उनले भने, ‘भाउ पाएका बेला राम्रो कमाइ हुन्छ । नपाए पनि लगानी खेर जाँदैन ।’ यसपालि धेरै बर्षातको कारण तरकारी खेतीमा केही नोक्सानी गरेको उनले सुनाए ।

गाउँपालिकाको मुख्य केन्द्र बर्बोटमा कृषि संकलन केन्द्र भए गाउँपालिकाका किसानलाई राहत मिल्ने क्षेत्रीको भनाइ छ । तरकारी खेती गरेको यतिका वर्ष बिते पनि सरकारी अनुदानका लागि अहिलेसम्म आफू कतै नगएको तर पछिल्लो समय गाउँपालिकाले केही सहयोग गरेको र ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ बाट १ ओटा हाते ट्रयक्टर, १ ओटा स्थाइ टनेल अाएको र ५ ओटा स्थाइ टनेल अाउने क्रममा रहेको बताए। ‘हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउने बाटो र बजारको सुनिश्चितता गाउँपालिकाले गरिदिनुपर्छ ’ उनलेे भने।

धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरेले किसानहरुको उत्पादनको उचित मूल्यसहित बजारीकरणको व्यवस्था गरिने बताउनुहुन्छ । भर्खर मात्र पैँचो पसल स्थापना गरिएको र पैँचो पसलले किसानका उत्पादन खरीद गर्ने उहाँको भनाइ छ । उहाँले किसानले उत्पादन बढाउनुपर्ने र त्यसको बजारीकरण तम्घासमा गरिने पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब किसानले आफूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार भएन वा उचित मूल्य पाइएन भन्ने गुनासो रहँदैन ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments