घरेलु कुखुरामा हुने खतरनाक रोगहरू

कुखरा पालन पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो । यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन ।

कुखुरामा हुने रोगहरू
कुखुराहरूमा ब्याक्टेरियाहरूले गर्दा हुने रोगहरूबाट मृत्यु हुने खतरा २ to देखि १०० प्रतिशतसम्म हुन्छ। आर्थिक दृष्टिकोणबाट हेर्नेहोभने, कुखुरा बिरामी भएपछि उपचार खर्च धेरै नै लाग्छ जसकारण कुखरा पालन लाभदायक हुँदैन। केही रोगहरू रोक्न पहिले नै प्रयास गर्नु आवश्यक छ, त्यसैले कुखुरापालन गर्ने किसानहरूले कुखुरामा हुने रोगहरूको लक्षण, रोकथाम, खोप र उपचारको बारेमा ज्ञान राख्नुपर्दछ। घरेलु कुखुरामा सामान्यतया निम्न दुई रोग खतरनाक
हुने गर्दछन्।

रानीखेत रोग
कुखुरामा यो सबैभन्दा डरलाग्दो र एकदमै छिटो संक्रमण हुने रोग हो, जसमा १००% कुखुरा मर्दछन्। कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण रानीखेत रोग लागेका कुखुरामा देखापर्दछ। कुखुरा झोक्राउन थालेपछि काटेर खाने र जथाभावी खुल्ला ठाउँमा फालेमा रानीखेत रोगको संक्रमण फैलन सक्छ।

फोउल प्याक्स
यो संक्रामक रोग हो र दुबै ठूला र साना कुखुराहरूमा देखा पर्दछ। यस रोगले गर्दा कुखुराको शरीरका विभिन्न भागमा स-साना फोका देखिने गर्दछ । यस रोगले छाला, आँखा र नाकमा दागहरू निम्त्याउँछ। कुखुरालाई बारम्बार रुगा लाग्छ र उच्च ज्वरो निम्ताउछ।

कुखुरामा हुने अन्ने रोगहरु यस प्रकारका छन् :
बर्ड फ्लु
गंम्वोरो
कक्सीडियोसीस
ब्रुडर निमोनिया
प्लुरोम रोग
कोली वसीलोसीस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments