बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

अमरगढी। लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ ।

डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।

जिल्लाको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि यातायातका साधन चल्ने अवस्थामा नरहेको यातायात कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत भएर सञ्चालन हुने सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।

अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक लगातारको वर्षाले खाल्डाखुल्डी र हिलाम्मे भएर चिरा परी भासिँदै गएको अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ ।

दैनिकजसो जिल्ला सदरमुकाम आवतजावत गर्ने र घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडक लगातारको वर्षाका कारण अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय लोकेन्द्र विकको गुनासो छ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments