लकडाउनको मौका छोपी सार्वजनिक जग्गा हडप्दै जनप्रतिनिधि


तनहुँ ।
कोभिड–१९ संक्रमण फैलिएसँगै साउन ७ गतेसम्मलाई लकडाउन गरिएको छ । यस अवधिमा केही ठाउँमा खुकुलो बनाउँदै विकास निर्माणका काम पनि भइरहेका छन् भने केही ठाउँमा लकडाउनकै मौका छोपी सार्वजनिक जग्गा हडप्नेतर्फ जनप्रतिनिधि नै अग्रसर भएका छन् ।

सार्वजनिक जग्गामा रहेको बगैँचा फँडानी गरेर सडक निर्माणका नाउँमा बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधि व्यक्तिगत फार्म दर्ता गर्नतर्फ अग्रसर भएका छन् ।

बन्दीपुर गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ढाडखोला मोटरमार्ग विस्तारमा असर गरेको भन्दै सार्वजनिक जग्गामा रहेको आँपको बगैँचा काटिएको छ र डोजर लगाएर सम्याइएको छ । बन्दीपुर–२ पिप्लेअन्तर्गतको उक्त मोटरमार्गमा कालोपत्रे गर्दा समस्या हुने भएपछि काटिएको भनिए पनि सोही जग्गाको माथिल्लो भाग भने उक्त वडाका अध्यक्षको फार्म सञ्चालनका लागि बोर्डसमेत राखिएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले उक्त जग्गा सार्वजनिक भएको स्वीकार गर्नुभएको छ । तर मापदण्डअनुरुपको सडक निर्माणमा बगैँचाले अवरोध हुने भएपछि काटिएको लामिछाने बताउनुहुन्छ । ‘मोटरमार्ग कालोपत्रे गर्नमा बगैँचाले समस्या भएकाले बगैँचाको तीनवटा रुख काटिएको हो, वडाका सबैको सहमतिमा बगैँचा काटिएको हो’ –उहाँले भन्नुभयो ।

तर उक्त बगैँचा काट्नुभन्दा पहिले वडाबासी र सर्वपक्षीय बैठक नबसी काटिएको र बगैँचा काटिएपछि स्थानीयबासी आक्रोशमा आएपछि गोप्य रुपमा मिलाइएको भनिए पनि त्यसो नभएको वडावासीको बताउँछन् ।
सबै तर्फबाट विरोधको आवाज आएपछि गोप्य रुपमा बैठक बसिएको बताउने गरेको उहाँहरुको आरोप छ ।

रुख काटिइसकेपछि सबै पक्षबाट विरोध जनाइएपछि मात्रै बैठक बसेको स्थानीयबासीको भनाइ छ । डिभिजन वन कार्यालय बन्दीपुर इकाइका अधिकृत सुरेशकुमार भुजेलले नेपालको संविधानले स्थानीय तहलाई त्यस विषयमा निर्णय गर्ने अधिकार प्रत्यायोजन भएकाले त्यसमा वन डिभिजनले केही गर्न नमिल्ने बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments