स्यालो ट्युबेलको पानीबाट ५ सय बिघा रोपाइँ

श्रवण थापा
सर्लाही : वर्षौँदेखि आकासेपानीका भरमा खेती गर्दै आएका सर्लाही कविलासीका किसानले यो वर्ष स्यालो ट्युबेलको पानीले धान रोपेका छन् । सिँचाइको सुविधा नपुगेको कविलासी नगरपालिकाका किसानका खेतमा जडान भएको स्यालो ट्युबेलबाट रोपाइँ गर्न पाएपछि उनीहरू प्रसन्न भएका छन् ।

नगरपालिकाको तीनवटा वडामा १ सय ९ वटा स्यालो ट्युबेल जडान भएको छ । ट्युबेलमा राम्रो पानी आएपछि यस वर्ष धान रोप्न आकाशको पानीको भर पर्नुपर्ने बध्याता हटेको किसान सदानन्द मण्डलले बताए ।

नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवको निर्वाचन क्षेत्र विकास कोषको रकम र कविलासी नगरपालिकाको संयुक्त लगानीमा स्यालो ट्युबेल जडान गरी प्रयोगमा ल्याइएको हो ।

अगर्वा, कविलासी, सलेमपुर र भलुवाहा गाउँमा जडान भएको एउटा स्यालो ट्युबेलबाट चार बिघा जमिनमा सिँचाइ गर्न सकिने प्राविधिकहरूले बताएका छन् । तीनवटा वडामा १ सय २१ वटा ट्युबेल जडान गर्ने नगरपालिकाको योजना छ ।

योजनाअनुसार स्यालो ट्युबेलबाट ४ सय ८४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । सांसद यादवको निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ र नगरपालिकाको करिब ४३ लाख रुपैयाँ लागतमा किसानको खेतमा स्यालो ट्युबेल जडान गरिएको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार ट्युबेल जडान भएका स्थानसम्म बिजुली पु-याउने तयारी भइरहेको छ । विद्युत् पहुँच पुग्नासाथ किसानहरूले अत्यन्त न्यून मूल्यमा खेती सिँचाइ गर्न सक्ने उनले बताए ।

यसैबीच सिँचाइ सुविधा पाए पनि सरकारले मलखाद उपलब्ध नगराउँदा धान रोप्न समस्या भएको किसानहरूले गुनासो गरेका छन् । धान रोप्ने वेलामा चाहिने मल नपाउँदा उत्पादन नै गुम्ने चिन्ता रहेको किसान रामकिसन रायले बताए ।

विगतका वर्षमा नेपालमा मलखाद नपाउँदा भारतबाट समेत ल्याएर प्रयोग गर्ने गरेको भए पनि यसपटक लकडाउनका कारण त्यो पनि सम्भव नभएको भन्दै किसानहरूले गुनासो गरेका छन् । आजको नया पत्रिकामा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments