बजारमा चीज खपत नभएपछि चीज उत्पादन बन्द

रसुवा: गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चीज उत्पादन केन्द्रले बुधबारदेखि उत्पादन बन्द गरेको छ । उत्पादित चीज बिक्री नभएको र केन्द्रमा राख्ने ठाउँको अभावले यो कदम चालिएको हो । दुग्ध विकास संस्थानअन्तर्गत सञ्चालनमा रहेका केन्द्रबाट उत्पादन भएको चीज अहिले संस्थानमा लैजान सकिएको छैन । केन्द्र प्रमुख जीतबहादुर जिरेलले भूकम्पले भत्केको भवन अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र संस्थानमा पनि चीज जान छाडेपछि उत्पादन बन्द गर्न लागिएको बताए ।

संस्थानमा भएको नै बिक्री नभएपछि केन्द्रबाट उत्पादित चीज संस्थानले लगेको छैन । ‘संस्थानले अझै एक हप्ता चीज उत्पादन गर्न आग्रह गरेको छ,’ उनले भने, ‘तर चीज राख्ने ठाउँ नै नभएपछि उत्पादन बन्द गर्नुको विकल्प छैन ।’ केन्द्रले उत्पादन गरेको ६ हजार ६ सय आठ केजीमध्ये दुई हजार नौ सय ७९ केजी यसअघि नै संस्थानमा पु¥याइएको थियो । बाँकी चीज अहिले स्टोरमै छ ।

स्थानीय बजारमा चीज खपत हुँदैन । बिक्री कम भएपछि पछिल्लो समय संस्थानले प्रतिकेजी दुई सय रूपैयाँ घटाएको छ । पहिले एक हजार आठ सय रूपैयाँमा चीज बिक्री हुँदै आएकामा अहिले एक हजार ६ सयमा बिक्री गरिरहेको उनले बताए । पछिल्लो समय यो केन्द्रले चीज उत्पादन बढाउँदै लगेको थियो । केन्द्रका अनुसार वार्षिक रूपमा १२ हजार केजीसम्म चीज उत्पादन हुने गरेको छ ।

केन्द्रले यसअघि वैशाख १ देखि असोज मसान्तसम्म चीज उत्पादन गर्छ । कोभिड–१९ को संक्रमणले यसपटक चीज उत्पादन ढिलो गरी सुरु भएको थियो । जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा छन् । २०७५ देखि थुमन र तातोपानीमा थप भएका हुन् । तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चीज तथा मखन उत्पादन गर्दै आएका छन् । चारवटा केन्द्रले गत वर्ष ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार चार सय किलो मखन उत्पादन गरेका थिए ।

संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादित चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता छ ।

चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्याका कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चीज उत्पादन गर्ने क्षमता छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ ।नागरिक

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments