नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

७ फाल्गुन, काठमाडौं । नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।

साथै गुप्ताले काठमाडौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १/१ तोलाको सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीउपर ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments