सुन चाँदी लुटपाट गर्ने नुवाकोट किस्पाङका एक किशोर पक्राउ

२७ फागुन काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरि बाट राज कुमार तामाङको सुन-चाँदीका गर-गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

राज कुमारको सुन-चाँदीका गर-गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments