आफ्नै घरमा लागि १५ वर्षीया बालिकालाई पटक-पटक जबर्जस्ति करणी गर्ने सुजन पक्राउ

११ जेठ, झापा । बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको बेला फेरि अर्को घटना बाहिर आएको छ । १५ वर्षीया बालिकालाई जबर्जस्ति करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक-पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments