कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । कुखुराको मासुको मूल्य घट्न थालेको छ ।

बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको हो ।

एक महिना अघि प्रतिकिलो ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य हाल प्रतिकिलो ३३० देखि ३४० रुपैयाँ पुगेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले हाल कुखुराको मासुको मूल्य घटेको बताए । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दा मासुको खपत घट्दै गएको र मूल्य पनि घटेको उनले जानकारी दिए । उनका अनुसार सामान्यतया दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहेको छ ।

निषेधाज्ञाका कारण मासु पसल बिहान १० बजेसम्म खुला गर्न दिईएको छ । यस कारणपनि मासुको खपत कम भइरहेको व्यवसायीहरु बताउँछन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments