यस्तो छ चिउरीको औषधीय महत्व

वहुउपयोगी चिउरी समुद्र सतहबाट २०० मिटरदेखि १५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचहरुमा पाइन्छ ।

नेपालमा प्रायः पूर्वदेखि पश्चिमसम्म सबै भेगमा पाइएता पनि विशेष गरी मध्ये र सुदूरपश्चिमी भेगमा बढी मात्रामा रहेको पाइन्छ ।

चिउरीको पात गाईबस्तुलाई खुवाउन काम लाग्छ भने डाँठ फर्निचर बनाउन सकिन्छ । त्यस्तै फूलबाट मौरीले मह बनाउँछ भने फलबाट विभिन्न औषधी तथा घ्यु बनाई दैनिक उपभोग्य रुपमा प्रयोग गर्न सकिन्छ ।

औषधीय महत्व

—जाडोको मौसममा हातगोडा फुटेमा, बाथको समस्याले सताएमा चिउरीको घ्यु लगाएर मालिस गर्नाले धेरै राम्रो गर्दछ ।

—चिउरीको गेडालाई पिसेर लगाउनाले शरीरमा जुका टाँसिएको बेला जुका आफै शरीरबाट झर्छ ।

—अनुहारमा दाग हटाउन प्रयोग गरिन्छ ।

—घुँडा, कुहिना, जोर्नीहरु दुखेमा च्युरीको घ्यु लगाएर मालिस गर्नाले आराम मिल्ने गर्दछ ।

‘मेरो डाक्टर’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments