आउदो चुनाबमा काठमाडौंको मेयरमा उठ्दै चर्चित र्‍यापर बालेन शाह

काठमाडौँ —चर्चित र्‍यापर बालेन शाहले काठमाडौं महानगर पालिकाबाट आउँदो स्थानीय तहको निर्वाचनमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

उनले लेखेका छन्  “अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं ।”

‘मैले यसबारे सोचेको दुई/तीन वर्ष अगाडिदेखि नै हो । अब चुनाव आउन ४/५ महिना बाँकी छ । सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए । मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो । मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो । बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु । मानिस खुसी हुनुपर्‍यो,’ उनले भने, ‘मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु । मैले भनेको कुरामात्र हुनुपर्छ भनेर लाग्दिनँ । मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।’

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments