काब्राको रुखबाट घाँस झार्ने क्रममा करेन्ट लागेर गणेशको मृत्यु

१२ बैशाख, भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे  भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा  काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो ।

मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments