निर्विराेध कार्यसमिति चयन

भक्तपुर । अभियान साहित्य कलाकार समाजकाे साधारण सभाले पशुपति दँगालकाे अध्यक्षतामा निर्विराेध कार्य समिति चयन गरेकाे छ ।
नव निर्वाचित कार्य समितिमा अध्यक्ष पशुपति दँगाल , उपाध्यक्ष खगेन्द्र गुरागाईँ, सचिव घनश्याम गाैतम, काेषाध्यक्ष युगज्याेति क्रियाशिल, सदस्यहरुमा सुरेश तिमिल्सिना, दिपेश सेढाई, र गाेबिन्द प्रसाद निराैला सर्व सम्मत रुपमा निर्वाचित हुनु भएकाे हाे! बैशाख ३०गते आयाेजित ” अभियान पुरस्कार, सम्मान तथा स्मारिका बिमाेचन कार्यक्रम सँगै सँस्थाले पहिलाे साधारण सभा सम्पन्न गरेकाे थियाे ।

सँस्थामा कलाकार, साहित्यकार तथा समाजसेवी ब्यक्तित्वहरुकाे टिम रहेकाे छ । साहित्य, कला, र सँस्कृतिकाे सँरक्षण तथा प्रवर्ध्दन गर्ने र सामाजिक कार्यमा सक्रिय रहेर समाजमा सकरात्मक परिवर्तनका लागि हातेमालाे गर्ने उदेश्यले स्थापित सँस्थाले छाेटाे समयमै प्रभावकारी कार्यक्रमहरु गरिसकेकाे छ । आगामि दिनमा साहित्य कला र सँस्कृतिलाई जाेड्दै बिकृति र बिसँगती बिरुद्ध सशक्त कलम चलाउने र अावाज उठाउने कार्यक्रमहरुलाई अभियानकाे रुपमा लैजाने निर्णय गरेकाे सँस्थाका सचिव तथा कलाकार घनश्याम गाैतमले जानकारि दिएका छन् ।

उक्त अवसरमा सँस्थाले साहित्य, कला, र समाज सेवा तर्फ ३ जना ब्यक्तित्वलाई सम्मान गरेकाे छ भने १ जनालाई रु दस हजारकाे अभियान पुरस्कार२०८०” प्रदान गरेकाे छ । यस बर्षकाे अभियान साहित्य सम्मान २०८०” रामेश्वर राउत मातृदास, अभियान कलाकार सम्मा देशभक्त खनाल , र अभियान समाज सेवा सम्मान २०८० ” बाट राजन ढुङ्गेललाई सम्मानित गरिएकाे हाे त्यसै गरि विशेष याेगदान सम्मान रमेश घिमिरेलाई र सँस्थागत रुपमा विशेष कदर पत्र मध्यपुर थिमि नगरपालिका वडा न ३ काे कार्यलयलाई प्रदान गरियाे । नगद दस हजार सहित अभियान पुरस्कार भने प्रा डा राम प्रसाद ज्ञवालीलाई प्रदान गरिएकाे थियाे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु हास्य ब्यङ्गकार चट्याङ मास्टर, बरिष्ठ कलाकार देशभक्त खनाल, प्राज्ञ सदस्य चेतनाथ धमला , बरिष्ठ हास्यब्यङ्गकार डम्बर घिमिरे,बरिष्ठ समाजसेवि हरिप्रकाश पुडासैनी, मानबिय सँस्था नेपालकि महासचिव उत्तरा नेपाल, मानव अधिकार एलाईन्स भक्तपुर जिल्लाका अध्यक्ष पुरुषाेत्तम श्रेष्ठ लगायतका ब्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे! साेहि अवसरमा सँस्थाकाे प्रथम बार्षिक उत्सवकाे अवसर पारेर प्रकाशित गरिएकाे “अभियान स्मारिका२०८०” बिमाेचन गरिएकाे थियाे । कार्यक्रम मुल अायाेजक समितिका सँयाेजक घनश्याम गाैतम थिए भने कार्यक्रम सन्चालन समता स्कुलका प्रिन्सिपल अजय अधिकारी ” सुशील” ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments