तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ

तनहुँ । तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments