खोटाङमा गोरु काटेर भोज लगाएको आरोपमा बादल पक्राउ

काठमाडौं । गोरु काटेर भोज लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन् ।

गुरुङलगायतको समूहले गोरु काटेर भोज खुवाईरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

गोरु-गाई काटेर खाएको आरोपमा प्रहरीले कारबाही तीव्र पारेपछि पछिल्लो समय प्रतिरोधमा सामूहिक भोज खाने अभियान चलिरहेको छ । नेपालको अन्य क्षेत्रकमो तुलनामा पूर्वमा यो अभियान निक्कै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
67 %
Sad
दुःख
33 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments