गायक,सर्जक राजेन्द्र भण्डारीको ‘रिबन केसैमा’ बजारमा

काठमाडौं । गायक तथा सर्जक राजेन्द्र भण्डारी मापसे को प्रस्तुतीमा र स्वरमा नयाँ लोक दोहोरी गीत ‘रिबन केसैमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक भण्डारीकै शब्द तथा संगीतमा बजारमा आएको गीत ‘रिबन केसैमा’ मा गायिका प्रतिमा अर्याल ले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन भने नारायण द्ङ्गाल ले गरेका हुन् । सो म्यूजिक शङ्खरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई कुमार सानुले मिक्सिङ्ग गरेका हुन् ।
मुटु ग्रुप ले निर्देशन गरेको भिडियोलाई प्रवेश अधिकारीको छायांकन गरेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो मेनुका डिजिटल यूट्यूब च्यानलबाट सार्वजानिक गरिएको छ ।
सिन्धुपाल्चोक हेलम्बुमा जन्मिएर गीतसंगीतमा आफ्नो करिअर निर्माण गर्दै गरेका गायक,सर्जक तथा संगीतकार राजेन्द्र भण्डारी(मापसे) को यसभन्दाअघि पनि पानको एक्का,घोर्ले छोरो ,कुल्फी वाले भैया,साईली,२ रुपैयाको सुपारी,कल्पना, चामलको कनिका लगाएत थुप्रै गीत संगीत बजारमा आइसकेको छ । भण्डारीको अन्य गीत संगीतहरु तपाई मेनुका डिजिटल यूट्यूब च्यानलमा गएर हेर्न सक्नुहुनेछ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments