गितकार निरोज भट्टको “किनारा” बोलको गीतले चर्चा कमाउँदै

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकार र सर्जकहरुले नयाँ नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा नयाँ गीत “किनारा” डिजिटल बजारमा रिलिज भएको छ ।

यस गीतमा गायक कुशल बेल्बासे र बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र कुशल बेल्बासेको संगीत रहेको छ भने विश्वास नेपालले संगीत छ र सो म्यूजिक मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई कुमार रानाले मिक्सिङ्ग/मास्टिरिङ्ग गरेका हुन् ।

‘किनारा’ बोलको गीतलाई प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको म्युजिक भिडियोमा स्मारिका ढकाल र शिशिर पौडेललाई देख्न सकिन्छ ।

गितकार भट्ट सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् । “किनारा” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका गितकार भट्टले जनाएका छन् । उक्त गीत निरोज भट्टको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments