किरण गौतम र मनिषा घोरासैनी को “बैनी हो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोक दोहोरी गायक तथा सर्जक किरण गौतम र गायीका मनिषा घोरासैनीको नयाँ लोकदोहोरी गीत “बैनी हो” बजारमा सार्वजनिक भएको छ ।

किरण गौतमको प्रस्तुति रहेको गीतमा गायक गौतमको शब्द र संगीत चर्चित लोक गायक नवराज घोरासैनीको रहेको उक्त गीतलाई मिक्सिङ्ग मास्टरिङ कुमार सानु पुनको छ भने एरेन्ज नारायण द्ङ्गालको रहेको छ । उक्त दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा नितीन वाइबाको सह–निर्देशन रहेको छ । भिडियोमा निरेन श्रेष्ठ र जुनु एस डि लगायत अन्यको अभिनय देख्न सकिन्छ । राम केसीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन बिष्णु खड्काको रहेको छ।

“बैनी हो” गीतको भिडियोलाई गायक किरण गौतमको युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।
पुरा भिडियो हेर्नुहोस :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments